काठमाडौं । ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन् । मन्त्री चौधरीले नेपालमा पशुपन्छी तथा मत्स्य क्षेत्रमा देखिने महामारीजन्य रोग नियन्त्रण गर्ने उद्देश्यले विधेयक ल्याइएको बताइन् । प्रस्तावमाथिको छलफलमा प्रेमप्रसाद दङ्गाल,