काठमाडौं । राष्ट्रिय सभा सदस्य सम्झना देवकोटाले नागरिकको स्वास्थ्योपचार र सामाजिक सुरक्षाको दायित्व पूरा गर्न सरकार असफल भएको आरोप लगाएकी छन् । बुधबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद देवकोटाले काभ्रेको मण्डनदेउपुरमा उपचार खर्च जुटाउन नसक्दा एक वृद्ध दम्पतीले आत्महत्या गरेको घटनालाई लिएर सरकारको आलोचना गरिन् । मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय