१८ केजी गाँजासहित दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ

  • बुधबार २७ साउन २०८३ ०७:२४ AM
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोग्राम थाई गाँजासहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो (कोटेश्वर) को टोलीले उनीहरूलाई पक्राउ गरी थाई गाँजा तस्करीको नयाँ प्रवृत्तिको खुलासा गरेको हो। पक्राउ पर्नेहरूमा भारतको पञ्जाब ठेगाना भएका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्। प्रहरीका अनुसार मंगलवार राती क्याथे प्यासिफिकको उडानद्वारा थाइल्याण्डको बैंककबाट हङकङ हुँदै नेपाल आएका उनीहरूले लागू औषध गाँजा लुकाइएको लगेजहरू आगमनतर्फको भन्सार एरियामा छाडेर भाग्न खोजेका थिए। सोही क्रममा विमानस्थलस्थित लागू औषध नियन्त्रण ब्युरोको टोलीले निजहरूलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा थाइल्याण्डबाट ... The post १८ केजी गाँजासहित दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ appeared first on Kalika Khabar.