श्रीमतीको हत्या प्रयास गर्ने व्यक्ति पक्राउ

  • बुधबार २७ साउन २०८३ ११:११ AM
सुर्खेत । श्रीमतीको हत्याको प्रयास गर्ने श्रीमान पक्राउ परेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटका ४९ वर्षीया जयबहारदुर रानाले श्रीमतीको हत्याको प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो ।  घरयासी विवादका क्रममा रानाले ५० वर्षीया महेश्वरी रानालाई बुधबार साँझ शरीरमा पेट्रोल छर्केर आगो लगाएर हत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । घाइते महेश्वरीलाई उपचारका लागी कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत ल्याइएको ल्याइएको र त्यहाँबाट उपचार हुन नसकेपछि नेपालगञ्ज लगिएको थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको प्रहरीले जनाएको छ ।  महेश्वरीको अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा गरी करिब ३५ देखि ३६ प्रतिशत जलेको अस्पतालले जनाएको छ ।