नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै

  • बुधबार २७ साउन २०८३ ०४:२७ AM
ओखलढुङ्गा । ओखलढुङ्गाको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको छ । कोशी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालयले सदरमुकामस्थित रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५ किलोमिटर सडक स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको छ । कार्यालयले एक महिनाभित्र बोलपत्र टुङ्ग्याएर दुई वर्षभित्र कालोपत्रको काम सक्नेगरी तयारी गरिरहेको जनाएको छ । “हामीले पूरै नयाँ काम गर्नेगरी बोलपत्र