काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै एसेम्बल भएको भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ । नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षासहितको नयाँ भेन्युले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । नेपालमै एसेम्बल भएको भेन्यु सशक्त र आकर्षक एसयूभी डिजाइनसहित प्रस्तुत गरिएको छ