ललितपुर । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद घटनापछि सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । यस्तै, ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य न्यायिक आयोग तत्काल गठन गर्न पनि कांग्रेसले माग गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष छानबिनका