आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द

  • बुधबार २७ साउन २०८३ ०२:३८ AM
वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा. राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक दिन नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै २०८३ साउन २७ गते बुधबार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शोक मनाउँदै पठनपाठन बन्द गर्न अनुरोध गरेको