विधि विज्ञान प्रयोगशालालाई थप विश्वसनीय बनाउन कानुन बनाउँदैछौं : मन्त्री पुन

  • सोमबार १ असार २०८३ ०२:०० PM
काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन आवश्यक कानुन बनाउन खोजेको बताएका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकसम्बन्धी छलफलका क्रममा मन्त्री पुनले नेपालमा धेरै प्रयोगशाला भएपनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बहुउपयोगी र विश्वश्नीय बनाउन आवश्यक कानून बनाउन खोजेको बताए।उनले विधेयकमाथि विज्ञह