कहाँ छ बाआमाहरूको खुसी ?

  • सोमबार १ असार २०८३ ११:०१ AM
हरेक वर्ष जुन १५ अर्थात् असार १ गते विश्वभर ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध चेतना दिवस मनाइन्छ। सन् २०२६ (२०८३) का लागि अन्तर्राष्ट्रिय नारा ‘बियोन्ड अवारनेस मेकिङ एल्डर अब्युज प्रिभेन्सन वर्क’ र नेपालले तय गरेको राष्ट्रिय नारा ‘दुव्र्यवहारविरुद्ध सचेतनाको अभिवृद्धि : ज्येष्ठ नागरिकका लागि खुसी र समृद्धि’ रहेको छ। यो दिवस केवल औपचारिक कार्यक्रम गर्ने अवसरमात्र होइन, समाजमा बढ्दो ज्येष्ठ नागरिक दुव्र्यवहार, उपेक्षा र असुरक्षाका विषयमा गम्भीर समीक्षा गर्ने कडी पनि हो