विराटनगर : कांग्रेसमा बढ्दो आन्तरिक विवाद, क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियामाथिको असन्तुष्टि र आगामी महाधिवेशनको तयारीका बीच संस्थापन इतर पक्षले विराटनगरमा छुट्टै भेला गरेको छ। इतर पक्षले ‘कोशी प्रदेशस्तरीय बृहत् एकता भेला’ नाम दिएर आयोजना गरेको भेलालाई पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व संघर्षको स्पष्ट संकेतका रूपमा देखिएको छ। भेलामा सहभागी नेताहरूले एकातिर कांग्रेसलाई कुनै पनि हालतमा फुट्न नदिने प्रतिबद्धता जनाएका छन् भने अर्कोतर्फ पार्टी नेतृत्वको ‘निरंकुश&rsquo