आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • सोमबार १ असार २०८३ ०१:३० AM
नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ ।