काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन्। लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि स्थापना भएको पार्टीभित्र निरंकुशता सुरू भएको उनको भनाइ छ।कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बिपीले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए। नेपाली कांग्रेस अब बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको विकल्प नभएको कोइरालाको भनाइ थियो।कोइरालाले भने