परराष्ट्रमन्त्री खनाल बेइजिङमा

  • आइबार​ ३१ जेठ २०८३ ०६:०० PM
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङ पुगेका छन्। चीनको औपचारिक भ्रमणमा शनिबार राति उनी त्यसतर्फ प्रस्थान गरेका थिए।क्याथे प्यासिफिक एयरवेजको जहाजबाट हङकङ हुँदै उनी बेइजिङ पुगेका हुन्। बेइजिङमा त्यहाँस्थित नेपाली दूतावासका कर्मचारीहरूले मन्त्री खनाललाई स्वागत गरेका थिए।चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा खनाल चार दिने भ्रमणका लागि बेइजिङ गएका हुन्। चीनमा उनले आफ्ना समकक्षी वाङ यीसहित उच्च चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गर्ने तालिका छ।त्यस्तै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर