भारतबाट फरार युवकको विराटनगरमा रहस्यमय मृत्यु, अनुसन्धानमा तानिए चार भारतीय

  • आइबार​ ३१ जेठ २०८३ ०५:०० PM
विराटनगर : भारतमा मुद्दा खेपिरहेका र फरार सूचीमा रहेका एक भारतीय युवकको विराटनगरस्थित होटलमा शंकास्पद मृत्यु भएपछि घटनाले नेपाल र भारत दुवैतर्फ चासो पैदा गरेको छ। मृत्युको कारण अझै खुल्न नसकेको अवस्थामा प्रहरीले घटनासँग सम्बन्धित चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। मृतक भारतको बिहार राज्यको सहरसा जिल्लाका २४ वर्षीय प्रिन्स यादव रहेको प्रहरीले जनाएको छ। उनी विराटनगर महानगरपालिका–१० मा रहेको शुभ होटलमा केही दिनदेखि बस्दै आएका थिए। अचानक स्वास्थ्य अवस्था बि