काठमाडौं : मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले राप्रपाले चुनावमा राजा र हिन्दु राष्ट्रको एजेण्डा बेचेर भोट माग्ने तर सत्तामा पुगेपछि काम नगरेको टिप्पणी गरे । राप्रपा विकास र जनताप्रति उत्तरदायी नभई सांसद बन्ने, सत्ता र भत्तामा मात्र सी