काठमाडौं : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित नगरसभाको १९ औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।महानगरले आगामी आर्थिक वर्ष पनि सांस्कृतिक सहर, समृद्ध महानगरको नारालाई आत्मसात गर्दै आफ्ना भावी योजनाहरू अगाडि सारेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक स