काठमाडौं । विराटनगरस्थित नोबेल अस्पतालले छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरी, चायाँ–पोतो, कुष्ठरोगलगायत विभिन्न छाला तथा सौन्दर्यसम्बन्धी समस्याको उपचारका लागि अत्याधुनिक सेवा सञ्चालन गरिरहेको जनाएको छ । अस्पतालका अनुसार छालासम्बन्धी सबै प्रकारका रोगहरूको उपचार विशेषज्ञ चिकित्सक र आधुनिक उपकरणमार्फत गरिँदै आएको छ । टाटु हटाउनेदेखि अनावश्यक स्थानमा उम्रिएका रौं हटाउने तथा आवश्यक स्थानमा कपाल र