नेकपाले गठन गर्‍यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान

  • आइबार​ ३१ जेठ २०८३ ०२:२८ PM
काठमाडौँ । विभिन्न राजनीतिक दलनिकट दलित सङ्गठनको एकतापछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गतको नेपाल दलित मोर्चा घोषणा गरिएको छ । नेकपाका सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा काठमाडौँमा सुरु भएको एकता बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम् दलित तथा सीमान्तकृत अल्पसङ्ख्यक विभाग प्रमुख परशुराम रम्तेलले ५३३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन् । उनका अनुसार बैठकले एकीकृत भएका सङ्गठनका पदाधिकारीलाई समेटेर ६७ सदस्यीय सचिवालय समेत गठन गरेको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपालीलाई नवगठित नेपाल दलित मोर्चाको संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै, तत्कालीन नेकपा (एकीकृत समाजवादी) निकट दलित मुक्ति सङ्गठनका अध्यक्ष राम औतार पासवान सहसंयोजक चयन भएका छन् । संयोजक श्रीपाली दोस्रो संविधानसभा सदस्य तथा पूर्व मन्त्री हुन् भने सहसंयोजक पासवान पनि दोस्रो संविधानसभा सदस्य रहिसकेका छन् । श्रीपाली संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक समेत हुन् । उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य थिए भने हाल नेकपाको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन् । मोर्चा गठनका लागि सम्पन्न एकता प्रक्रियामा तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, तत्कालीन नेकपा (एकीकृत समाजवादी) निकट दलित मुक्ति सङ्गठन, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट श्रमिक समुदाय मोर्चा नेपाल, डा