विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय ‘अपराध अनुसन्धान समीक्षा’ गोष्ठीको उद्घाटन गर्दै उनले प्रहरी सङ्गठनमाथि उठेको प्रश्न र जिज्ञासाप्रति सङ्गठन जिम्मेवार बत्रुपर्ने विचार राखे । मुख्यमन्त्री कार्कीले प्रहरी सङ्गठनलाई बलियो बनाउने समयमा नियन्त्रणमा राख्ने सोच र प्रवृत्तिले अपराध अनुसन्धानमा गम्भीर असर पर्ने भन्दै सङ्गठनलाई समयानुकूल बनाउन साधन, स्रोत र व्यवस्थापकीय कमी कमजोरीलाई राज्यले पूरा गर्नुपर्ने धारणा राखे । उनले प्रहरीको नीति र ऐनलाई ... The post प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की appeared first on Kalika Khabar.