नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने चयन

  • आइबार​ ३१ जेठ २०८३ ०७:२८ AM
काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत रूपमा चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ–दशौँ वार्षिक साधारणसभाले लामिछानेको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रदीप राना मगर, महासचिवमा कुमारी बोगटी, सचिवमा डुक्पा घले तथा कोषाध्यक्षमा मनिषराज पाण्डे चयन