काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । उनीहरुले सार्वजनिक गरेको विवरणअनुसार धेरैजसो बैंकहरुले ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव २७ प्रतिशत कायम भएको छ । जेठमा औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव ३४ प्रतिशत थियो । त्यस्तै, संस्थागत मुद्दती