वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले नेपाललाई विश्वसामु आँखा उपचारको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गराएका छन्। देशका विपन्न नागरिकदेखि विदेशी नागरिकसम्मलाई उज्यालो संसार देखाउन अहोरात्र खटिएका डा. रुइत हाल तिलगंगा आँखा अस्पतालमा स्वयंसेवकका रूपमा समेत सक्रिय छन्। ७१ वर्षको उमेरमा पनि उत्तिकै क्रियाशील उनीसँग नेपालको विद्यमान स्वास्थ्य नीति, मेडिकल टुरिजमको सम्भावनालगायतका विषयमा गरिएको विशेष कुराकानीको सम्पादित अंश :सरकारी सेवा पाउन गाह्रो भयो र निजी स्वास्थ्य सेवा तिर्न नसकिने भयो भन्न