नेपाली भाषाको जन्मस्थल सिञ्जाः इतिहास बोलिरहेको छ, राज्य भने मौन

  • आइबार​ ३१ जेठ २०८३ ०६:२७ AM
नेपालको राष्ट्रिय भाषा नेपालीको उत्पत्तिस्थल मानिने सिञ्जा उपत्यका आज आफ्नै इतिहास बचाउन संघर्ष गरिरहेको छ । करिब आठ सय वर्षअघि खस मल्ल साम्राज्यको शक्ति, शासन र संस्कृतिको केन्द्र रहेको सिञ्जा दरबार क्षेत्र अहिले संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुँदै गएको छ । जहाँ कुनै समय राजदरबारका आँगनमा राज्य सञ्चालनका निर्णय हुन्थे, जहाँ ‘खस कुरा’ राजकीय भाषाका