विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालयद्वारा आज आयोजित कोशी प्रदेशस्तरीय ‘अपराध अनुसन्धान समीक्षा’ गोष्ठीको उद्घाटन गर्दै उनले प्रहरी सङ्गठनमाथि उठेको प्रश्न र जिज्ञासाप्रति सङ्गठन जिम्मेवार बन्नुपर्ने विचार राखे । मुख्यमन्त्री कार्कीले प्रहरी