काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङ पुगेका छन् । बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनाल स्थानीय समयअनुसार आइतबार अपराह्न चीन पुगेका हुन् । उनलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री खनालको