व्यापारीसँग रकम लिएका लैनचौर वृत्तका सई निलम्बित

  • आइबार​ ३१ जेठ २०८३ ०६:३६ AM
काठमाडौंको सोह्रखुट्टे लैनचौर प्रहरी वृत्तमा कार्यरत एक जना प्रहरी अधिकृत निलम्बनमा परेका छन्। लैनचौर वृत्तमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) गणेश भट्टलाई निलम्बन गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सई भट्टमाथि ठमेल क्षेत्रका व्यापारीसँग रकम लिएको आरोप लागेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा व्यापारीसँग रकम लिएको प्रमाण