रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
आइबार ३१ जेठ २०८३ ०६:०७ AM
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकरामले सबैभन्दा बढी १९९ मत पाएका थिए ।