सवारी दुर्घटनामा सशस्त्र प्रहरीका हवलदारको मृत्यु, २ जना घाइते

  • आइबार​ ३१ जेठ २०८३ ०५:२६ AM
गुलरिया नगरपालिका–११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । सशस्त्रकै जवान र ट्रक चालक घाइते छन् । मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतिपुर बस्ने अन्दाजी ३५ वर्षीय सहायक हवल्दार तिलक कडेल रहेका छन् । फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत कडेलको उपचारको क्रममा मृत्यु भएको हो ।