नेतृत्वमाथि दबाब दिन आज विराटनगरमा कांग्रेस इतर समूहको प्रदेशस्तरीय भेला

  • आइबार​ ३१ जेठ २०८३ ०४:२० AM
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहने भनिएको भेलालाई कांग्रेस नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदारले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तीन शीर्ष नेता एउटै मञ्चमा उपस्थित हुने भएपछि भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ । कोशी प्रदेश कांग्रेसका महामन्त्री समेत रहेका नेता भूपेन्द्र राईले पार्टीभित्र देखिएका सांगठनिक कमजोरी सच्याउन र नेतृत्वलाई कार्यकर्ताको भावना बुझाउन दबाब दिन भेला आयोजना गरिएको बताएका छन् । पूर्वमुख्यमन्त्री केदार कार्कीले हाल ... The post नेतृत्वमाथि दबाब दिन आज विराटनगरमा कांग्रेस इतर समूहको प्रदेशस्तरीय भेला appeared first on Kalika Khabar.