३६ वर्षपछि विश्वकपमा स्कटल्यान्डको जित

  • आइबार​ ३१ जेठ २०८३ ०३:५९ AM
काठमाडौं । फिफा विश्वकप–२०२६ मा स्कटल्यान्डले विजयी सुरुवात गरेको छ । बोस्टन रंगशालामा नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीलाई १–० गोलले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा स्कटल्यान्डका लागि जोन म्याकगिनले २८ औं मिनेटमा गरेको गोल निर्णायक गोल बन्यो । हाइटीमाथिको जितसँगै स्कटल्यान्डले ३६ वर्षपछि विश्वकपमा जितको खडेरी अन्त्य गर्‍यो अर्थात सन् १९९० पछि स्कटल्यान्डले पहिलो जित हात पार्‍यो । The post ३६ वर्षपछि विश्वकपमा स्कटल्यान्डको जित appeared first on Kalika Khabar.