रास्वपा कर्णाली अधिवेशन आज, सभापतिमा पाँचजनाको दाबी

  • आइबार​ ३१ जेठ २०८३ ०४:०३ AM
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन आज (जेठ ३१) सुर्खेतको वीरेन्द्रनगरमा हुँदै छ । बिहान ११ बजेदेखि सुरु हुने अधिवेशन उद्घाटनसत्रमा पार्टीका महामन्त्री भूपदेव शाह र सहमहामन्त्री विपिन आचार्यले सम्बोधन गर्ने कार्यक्रम छ । अधिवेशनबाट आउँदो पाँच वर्षका निम्ति पार्टीको प्रदेश नेतृत्व चयन गरिनेछ । रास्वपा केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं नेता सुदीप पुरीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । कर्णालीका १० जिल्लाबाट प्रतिनिधि वीरेन्द्रनगर आइसकेका छन् । प्रदेश सभापति पदका निम्ति पाँच नेता आकांक्षीका रूपमा देखिएका छन् । वर्तमान प्रदेश सभापति मदन खड्का नेतृत्वमा दोहोरिने तयारीमा छन् । ... The post रास्वपा कर्णाली अधिवेशन आज, सभापतिमा पाँचजनाको दाबी appeared first on Kalika Khabar.