काठमाडौं । सुर्खेतमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन सुरु हुँदैछ । बिहान ११ बजेदेखि सुरु हुने उद्घाटन सत्रमा पार्टीका महामन्त्री भूपदेव शाह र सहमहामन्त्री विपिन आचार्यले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रास्वपाको यस अधिवेशनले आगामी पाँच वर्षका लागि कर्णाली प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । हालका प्रदेश सभापति मदन खड्का