काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा आइतबार चीन भ्रमणमा जाँदैछन् । चीन भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । मन्त्री यी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य पनि हुन् । मन्त्री खनालको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगाना,