झापास्तरीय निबन्ध प्रतियोगितामा सिमरन पौडेल प्रथम

  • आइबार​ ३१ जेठ २०८३ १२:४४ AM
झापा:  निता भेटवाल स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित झापास्तरीय निबन्ध प्रतियोगितामा बुद्धशान्ति गाउँपालिकाकी सिमरन पौडेल प्रथम भएकी छन्। बुद्धशान्तिस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत पौडेलले प्रतियोगितामा उत्कृष्ट निबन्ध प्रस्तुत गर्दै पहिलो स्थान हासिल गरेकी हुन्।