काठमाण्डु– एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । शुक्रबार संसद् बैठकमा आकस्मिक समयमा बोल्दै एमाले सांसद गुरु बरालले वाग्लेले बजेटमा छेडखानी गरेकाले संसदीय छानबिन हुनुपर्ने बताए । अर्थमन्त्रीले बजेटको दरमा छेडखानी गरेर राजश्व तलमाथि गर्ने काम गरेकाले उनी त्यसबाट उम्किन नपाउने बरालको भनाइ थियो । ‘अर्थमन्त्रीले बजेटको दर