काठमाडौं: कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छन् । सिंहदरबारस्थित कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार आयोजित बैठकमा मन्त्री गौतमले उपचार आवश्यक पर्दा बीमाको सुविधा पाउने ढुक्क हुने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।स्वास्थ्य बीमाबारे समाधान खोज्न छलफल अघि बढाइएको उल्लेख गर्दै मन्त्री गौतमले तत्काल सुधारका उपाय पहिल्याउनुपर्ने बताइन्। राष्ट्रिय स्वास्थ्य