गोरखा : अजिरकोट गाउँपालिका–४, सिरानडाँडामा बौद्ध धर्मावलम्बीहरूको आस्थाका केन्द्र गुरु पद्म सम्भवको १० फिट अग्लो मूर्ति प्रतिस्थापन गरिएको छ। गाउँपालिका र वडा कार्यालयको सहयोगमा हिमाली समाज गुम्बाअन्तर्गत गुरु रिन्पोछे पद्म सम्भव मूर्ति निर्माण समितिले उक्त मूर्ति निर्माण गरेको हो।सिरानडाँडाको सल्लाघारीमा ११ फिटे खम्बामाथि १० फिट अग्लो गुरु रिन्पोछे पद्म सम्भवको मूर्ति निर्माण भएको छ। पिलरको चारैतिर नोर्बुको आकृति कुँदिएको छ। हालसालै निर्माण सम्पन्न भएको मूर्तिमा बौद्ध धर्मको विध