रथीमा बढुवा अनुपजंग थापालाई दर्ज्यानी चिह्न, ९ महिनापछि बन्नेछन् प्रधानसेनापति

  • मङगलबार ९ मंिर २०८३ ०९:४९ AM
काठमाण्डु- नेपाली सेनाका उपरथी अनुपजंग थापा रथी दर्जामा बढुवा भएका छन्। मन्त्रिपरिषद्को गत मंसिर ४ गतेको निर्णयअनुसार बढुवा भएका थापालाई प्रधान सेनापति अशोकराज सिग्देलले सोमबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरे। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्यही कार्यक्रममा उपरथी दर्जामा बढुवा भएका सहायक रथी मनोज थापालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको