काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगै उभिएको एक तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भारत भ्रमणका क्रममा जहाजभित्र खिचिएको उक्त तस्बिरमा प्रधानमन्त्री शाहसँगै मन्त्रीद्वय वाग्ले र खनाल देखिएका छन् । तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले ‘देश उँभो लाउने टोली १ निकै मिहिनेती मान्छेहरू १’ भन्ने क्याप्सन लेखेका छन्