बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालनमा आएको छ । दुई वर्षदेखि बन्द रहेको उक्त सेवा अस्पतालले विशेषज्ञ चिकित्सकको व्यवस्था गर्दै पुनः सुरु गरेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार विशेषज्ञ स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सञ्चालनमा ल्याइएको हो ।