उपचारका लागि भर्ना गरिएका कैदी विराटनगरको अस्पतालबाट फरार
मङगलबार ९ मंिर २०८३ ०५:०८ AM
झापा । उपचारका लागि झापा कारागारबाट मोरङ लगिएका एक कैदी विराटनगरस्थित अस्पतालबाट फरार भएका छन् । फरार हुनेमा भारतको आसाम घर भई हाल झापाको भद्रपुर नगरपालिका–४ मा बस्दै आएका ३० वर्षीय सुमन भनिने सन्तोष राई छन्।