झापा : झापा कारागार, भद्रपुरमा जेल जीवन बिताइरहेका एक कैदी अस्पतालबाटै फरार भएका छन् ।झापाबाट उपचारका लागि मोरङ लगिएका कैदी सुमन भन्ने सन्तोष राई फरार भएका हुन् ।भारतको पश्चिम बङ्गाल तथा अछाम घर भई हाल झापाको भद्रपुर नगरपालिका–४ मा बस्दै आएका राई २०८२ वैशाख २८ गतेदेखि चोरी मुद्दामा झापा कारागारमा बन्दी जीवन बिताउँदै आएका थिए ।बिरामी परेपछि उनलाई गत वैशाख २८ गते झापा कारागारबाट मोरङ कारागार स्थानान्तरण गरिएको थियो । त्यसपछि सोही दिनदेखि उनलाई विराटनगर महानगरपालिका–७ स्थित क्षयरोग अस्प