जनकपुरधाम : प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको सुरुवातसँगै जनकपुरधाममा भव्य स्वागतको तयारी गरिएको छ। मंगलबार बिहान जनकपुरधाम आइपुग्ने रेलमा अयोध्याका साधुसन्त, पर्यटन व्यवसायी र सर्वसाधारण गरी करिब १२ सय जना यात्रु आउने अपेक्षा गरिएको छ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्धक परिवेश पराजुलीका अनुसार स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसन सफा गरी स्वागत मञ्च निर्माण तथा मिथिला चित्रकलाले स