प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ संवाद र सहकार्यको वातावरण बनाएको छ।भ्रमणका क्रममा आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।त्यसमा ६ वटा आयोजना उद्घाटन तथा शिलान्यास र २४ बुँदे संयुक्त वक्तव्य जारी हुनुले दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्ने आधार तयार गरेको छ।सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि संयुक्त वक्तव्य जारी हुन नसकेको अवस्थामा यसपटक त्यसले निरन्तरता पाउनु पनि सकारात्मक पक्ष हो।ऊर्जा, पूर्वाधार, स्वास्थ्य, सुर